Saturday, February 27, 2016

13. डिग्री डेसिमल वा युटियम फर्म्याट

डिग्री डेसिमल वा युटियम फर्म्याट
जी.पी.यस.वा गुगल अर्थ मा हामीले दुइ किसिम बाट पोजिसन लिन सक्छौ. पहिलो किसिम Geographical Coordinate system (Degree decimal) र दोश्रो किसिम Projected Coordinate System (Universal Transverse Mercator (UTM)) हो. Geographical Coordinate System ले पृथ्वी जस्तो आकार छ (सुन्तला जस्तो) सोहि मान मा मापन गर्छ. यानेकि डिग्रीमा. Projected Coordinate System ले पृथ्वीलाई समतल भूमिको रुपमा मान्दछ र यसलाई डिग्रीमा होइन कि linear ( मिटर, कि.मि.) इकाईको रुपमा मापन गर्दछ. आयतन, क्षेत्रफल तथा दुरीको हिसाब निकाल्न Projected Coordinate System को आबस्यकता पर्दछ. हामीले Geographical Coordinate System बाट Projected Coordinate System अथवा Projected Coordinate System बाट Geographical Coordinate System मा सजिलै प्रणाली परिवर्तन गर्न सक्छौ. यो कार्य गूगल अर्थ मा कसरि गर्न सक्छौ. तलको Video हेरौ.
डिग्री देसिमल वा UTM बाट एक आपस मा कोअर्डिनेट परिवर्तन कसरि गर्ने मलाई क्लिक गर्नुहोस
वा तलको video लाई सिधै क्लिक गरौ


14. टेक्स्ट फाईललाई गुगल अर्थमा खोल्ने

हामीले फिल्डको डाटाहरुलाई गूगल अर्थमा ल्याउनु पर्ने हुन्छ. यो कार्य दुइ किसिम बाट गर्न सकिन्छ. प्रथमत: जी.पी.यस.लाई सिधै कम्प्युटरमा जोडी Download गर्ने र अर्को तरिका टेक्स्ट फाइल ( Excel file) लाई गुगल अर्थमा ल्याउने. हाल सम्म गुगल अर्थमा Excel file लाई सिधै ल्याउन सकिंदैन. हामीले के थाहा छ भने गुगल अर्थमा   *.csv प्रकारका फाइलहरु ल्याउन (खोल्न) सकिन्छ. अनि Excel File लाई *.csv पनि बनाउन सकिन्छ. अब पक्कै पनि हाम्रो समस्या समाधान हुने भयो. पहिला हामी Excel File लाई *.csv मा परिवर्तन गर्छौ अनि परिवर्तित फाइल लाई गुगल अर्थ मा खोल्छौ.
यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने.
तपाईले Excel मा  टाइप गर्ने डाटा Geographical Coordinate System को हुनुपर्नेछ (उदाहरणको लागि २७.२३४१५४, ८५.१२३३५४३). projected coordinate System मा टाइप गरेको डाटा (उदाहरणको लागि ३०३४५४, ३१२३३४५) लाइ गुगल अर्थ ले सपोर्ट गर्दैन (आशा गरु भबिष्य मा यो फर्म्याट लाई पनि सपोर्ट गरोस)
यो कार्य कसरि गरिन्छ तलको video हेरौ.


15. इसरी सेप फाईललाई गुगल अर्थमा खोल्ने

इसरी सेप फाईललाई गुगल अर्थमा खोल्ने
हामीले Excel File लाई गुगल अर्थ मा खोलेको जस्ता ESRI Shape फाइललाई पनि गुगल अर्थमा खोल्न सक्छौ. Excel File लाई *.csv मा convert गर्नुपर्दथ्यो भने ESRI Shape फाइललाई convert गर्न पर्दैन. यसलाई हामीले सिधै खोल्न सक्छौ.
ESRI shape अन्य फाइल जस्तो Single file को एक सेट होइन कि यसमा निम्न फाइल हरुको एक सेट हुन्छ.
*.Shp  ( यसले Geometry हरु store गर्छ.)
*.dbf (यसले डाटा हरु store गर्छ.)
*.prj ( यसले पृथिवीको कुन स्थानको हो भन्ने projection सम्बन्धि विवरण store गर्छ)
*.shx ( यसले shape को index सम्बन्धि सूचना store गर्छ.)

(नोट: गुगल अर्थमा यो फाइलहरु खोल्दा यो सबै फाइल हरुको सेट हुनु जरुरि हुन्छ.)
ESRI shape file लाई कसरी गुगल अर्थ मा ल्याउन सकिन्छ सो को लागि तलको लिंक क्लिक गरौ अथवा सिधै video लाई क्लिक गरौ.




16. जि.पि.स. को परिचय



जी.पी.एस.मा हुने विभिन्न वटन तथा तिनीहरूको कार्य
क्र.सं.
वटन
कार्य
तरिका
Power
जी.पी.एस.लाई अन तथा अफ गर्दछ ।
जी.पी.एस. वन्द भएको अवस्थामा थिचिएमा पावर स्टेट अन हुन्छ । अन भएको अवस्थामा छोटो अवधिको थिचाईले जी.पी.एस.मा वत्ती वल्दछ । जी.पी.एस. अन भईरहेको अवस्थामा लामो अवधिको थिचाईले जि.पि.स. अफ स्थितिमा जान्छ ।
Page
जी.पी.एस.मा भएको विभिन्न पेज देखाउने कार्य गर्दछ ।
पेज वटनमा हरेक थिचाईले क्रमशः यसमा भएको पेजहरू डिस्प्ले हुने गर्दछ । जस्तै, स्याटेलाईट पेज, मुख्य मेनु पेज, कम्पास पेज आदि ।
Quit
जी.पी.एस.मा भएको विभिन्न पेज देखाउने कार्य गर्दछ ।
Page बटनको उल्टो कार्य गर्दछ । हालका मोडलहरुमा यो वटन भएको देखिदैन ।  Page बटन मात्र रहेका देखिन्छ ।
Mark
प्रयोगकर्ताको पोजिसन पढ्ने कार्य गर्दछ ।
जुन सुके पेजमा भएपनि लामो थिचाई गरेपछि यसले रिडीङ दिने गर्दछ ।
Arrow or Up /Down
विभिन्न मेनु तथा सव मेनु सेलेक्सनको कार्य गर्दछ ।
तल, माथी, दाया, वाया थिचेपछि मेनु अथवा सव मेनुहरूलाई हाईलाईट गरी सेलेक्सन गर्दछ ।
Enter
निदेशन गर्ने,Execute गर्ने
Arrow or Up /Down बाट सेलेक्सन भएको वा हाईलाईट भएको मेनु वा सवमेनु भित्र प्रवेस गर्छ अथवा सेलेक्ट गरिएको कमाण्डलाई एक्जिक्यूट गर्दछ ।
Find
पूर्व भण्डारित वे पोईन्ट खोज्ने कार्य गर्दछ ।
भण्डारित वे पोईन्टलाई खोज्न Arrow or Up /Down key बाट सेलेक्सन गरी Enter key थिचे पछि निर्दिष्ट पोईन्ट र प्रयोगकर्तावीचको दिशा र दुरी सहितको सूचना दिन्छ । यदि प्रयोगकर्ता मुभमेन्टमा छ भने हरेक समय दिशा र दुरी अद्यावधिक भईरहन्छ ।

जी.पी.एस. हामी सवैले देखेको यन्त्र हो । यसले प्रयोेकर्ताको पृथ्वीमा पोजीसन कहाँ हो भन्ने देखाउछ । यसरी देखाएको पोजीसनलाई डिजिटल रुपमा अक्षांश, देशान्तर र उच्चाई दिएर चिन्हाकित वा three dimensionally mark गर्दछ । मार्क गरिएको स्थानलाई पुनः पत्ता लगाउने कार्य गर्छ । कुनै स्थान विशेषबाट उक्त चिन्ह कुन दिशा र दुरीमा रहेको छ सो को गणना गर्नुको साथै मौजुदा गतिको आधारमा उक्त स्थानमा पुग्न के कति समय र दुरी पार गर्नु आवश्यक पर्छ सो को वास्तविक समय अद्यावधिक (Real Time Update) गर्दछ । 

जी.पी.एस. बाट तथ्याङ्क लिनु भन्दा अगाडी ध्यान दिनुपर्ने कुराहरू
पावर बटन अन गरे पछि जी.पी.एस. खुल्दछ र तरङ्ग मार्फत भू–उपग्रहसंग संपर्क राख्न प्रयास गर्दछ । यस क्रममा जि.पी.एस. तथा आकासीय भू–उपग्रहसंग सरल संपर्क हुने व्यवस्था मिलाउनु पर्छ । जि.पी.एस.बाट रिडिङ्ग लिन कम्तिमा ४ वटा भू–उपग्रह संग संपर्क राखेको हुनुपर्दछ । कति वटा भू–उपग्रहसंग सम्पर्क भईरहेको छ र क्ष्नलब िक्तचभलनतज कति छ भन्ने कुरा हेर्न जी.पी.एस.को स्याटेलाईट पेज गई निरिक्षण गर्नु पर्छ । जि.पि.यस.बाट प्राप्त हुने पोजिसन मान र पृथ्वीको वास्तविक पोजिसन मानमा केहि फरक हुन सक्दछ, यसलाई पोजिसन ईरर भनिन्छ । यसलाई सकेसम्म कम गर्नुपर्छ । यदि जि.पि.स. खुला आकास (सम्म परेको स्थान तथा डाँडा÷पहाड) मुनि रहेको छ, मौसम सफा छ र जी.पी.एस.को पावर पर्याप्त छ भने ईरर मान कम हुनेछ तर यदि जी.पी.एस., घना रुख मुनि, पहाडको खोचमा रहेको छ भने पोजिसनल ईरर बढी आउने गर्दछ । जी.पी.एस.ले हरेक समय भू–उपग्रहसंग संपर्क राखी आफ्नो पोजिसन अपडेट गर्ने भएकोले पोजिसनल ईरर चेक गरी केहि क्षण पर्खि मात्र रिडिङ लिनुपर्दछ । सामुदायिक वनको सर्भे गर्दा यसको सिमाना खास गरि प्राकृतिक सिमाना जस्तै डाडा, खोला वाटो र निजि कृषि जग्गा हुने गर्दछ । यस्ता खालका सुचना समेत जी.पी.एस.मा नोट गर्ने वा अलग्गै कागजमा टिप्ने गर्नुपर्दछ ताकि त्यसलाई गुगल अर्थमा भेरिफिकेसन प्रयोजनको लागि प्रयोग गर्न सकियोस ।

जी.पी.एस.बाट तथ्याङ्क लिने
जी.पी.एस. बाट डाटा लिन उपयुक्त ठहरिएपछी जुन सुकै पेजमा भए पनि जी.पी.एस.मा भएको MARK वटन थिच्ने जसले सो स्थानको पोजिसन रिडिङ्ग दिनेछ । त्यसपछि जी.पी.एस.को मोडल अनुसार Save वा Done भनि जी.पी.एस.ले प्रयोगकर्तालाई सोध्नेगर्दछ । यदि उक्त Mark गरिएको पोजिसनलाई जि.पि.ए.मा भण्डारण गर्न हो भने Enter थिचि जि.पी.एस.लाई भण्डारणको आदेश दिनुपर्छ र उक्त तथ्याङ्क जी.पी.एस.मा भण्डारण हुनेछ ।
जी.पी.एस.मा भण्डारण भएको तथ्याङ्कलाई फिल्डमा खोज गर्ने
जी.पी.एस.मा पूर्व भण्डारण गरिएको वे पोईन्ट वा तत्काल संपादन गरिएको कुनै विन्दुलाई खोज्न सकिन्छ । यसको लागि FIND वटन थिचिए पछि वे पोईन्टहरुको लिस्ट देखिने छ । लीष्टहरू मध्ये आफू जान खोजेको विन्दुलाई एरो (वा अप, डाउन) वटन बाट सेलेक्सन (हाईलाईट) गरि Enter key थिचे पछि प्रयोगकर्ता देखि सो विन्दु सम्मको दुरी र दिशा जि.पि.एसले देखाउछ । त्यस पछि आवश्यकता अनुसार एबनभ बटन थिच्दै कम्पास पेजमा गई खोज्न (नेविगेसन) गर्न सकिन्छ ।


17. जि.पि.यस.मा पोजिसन फम्र्याटको बारेमा बताउने

जि.पी.एस. बाट तथ्याङ्क लिंदा एउटै ढाँचामा लिने गर्नुपर्दछ । गुगल अर्थमा नक्साङ्कन गर्न सजिलो फर्म्याट भनेको वल्र्ड जिओडेटिक सर्भे १९८४ (WGS84)Latitude, Longitude  फम्र्याट हो । यो जिओग्राफिक कोअर्डिनेट सिस्टम हो । यसका विभिन्न फम्र्याटहरुमध्ये डिग्री डेसिमल (N27.5543, E84.6543) फम्र्याट बढी प्रचलित छ । यो जिओग्राफिक को–अर्डिनेट सिस्टमलाई प्रोजेक्टेड कोअर्डिनेट (युनिभर्सल ट्रान्सभर्स मक्र्याटर) सिस्टममा गुगल अर्थबाट सजिलै परिवर्तन गर्न सकिन्छजुन क्षेत्रफलको गणना गर्न सहयोगी हुन्छ । यस भन्दा बाहेक अन्य प्रणालिमा लिएको जि.पी.एस.तथ्याङ्कहरू गुगल अर्थमा सिधै सर्पोट गर्दैन । यो फर्म्याट लाई गुगल अर्थको search panel बाट सिधै खोज्न सकिन्छ.
जी.पी.एस. को सेटिङ मिलाउने
जी.पी.एस. प्रयोग गर्नु अधि दुई वटा सेटिङमा ध्यान पु¥याउनु पर्ने हुन्छ । ती हुन Datum  Position format .  Datum लाई सेट गर्दा WGS84 मा सेट गर्नुपर्छ भनPosition format सेट गर्दा hddd.ddddd (Decimal Degree मा सेट गरिन्छ । यो फर्म्याट सेट गर्ने तरिका मा सेट गरिन्छ । यो फर्म्याट सेट गर्ने तरिका GPS को मोडेल अनुसार फरक फरक पर्न सक्छ । जस्तै Etrex 30 मोडेलमा सेटिङ गर्दा मूख्य मेनु बाट Position Format मेनुमा गई यी सेटिङ परिवर्तन गर्न सकिन्छ  भने Garmin GPS 12 मा भने मुख्य मेनुबाट Unit  सब मेनु हुदै यो सेटिङ परिवर्तन गर्न सकिन्छ ।
उदाहरणको लागि निम्न video हेरौ.



18. कुन पोजिसन फम्र्याटमा डेटा किन लिइनुपर्ने सो को एकिन गर्ने

हामीले जी.पी.यस.बाट तथ्यांक लिंदा जुनसुकै फर्म्याटमा लिन सक्छौ. आखिर पोजिसन न लिएको हो. जी.आइ.यस. बिज्ञहरुलाई यसले कुनै असर पर्दैन. यसको मतलब जुनसुकै फर्म्याट लिनु बुध्धिमानी कार्य होइन. आफ्नो अन्य डाटा कुन फर्म्याटमा रहेको छ. विभिन्न खालका फर्म्याटलाई conversion गर्ने software आफु संग छ छैन ? software भएपनि त्यसलाई प्रयोग गर्ने ज्ञान शिप छ छैन ? यी कुरा हरुले महत्वपुर्ण भूमिका खेलिरहेको हुन्छ. साथै आफुले प्रयोग गर्ने Software System ले कुन कुन format लाई सपोर्ट गर्छ, यी सबै कुराहरुमा विचार गरेर मात्र आफुले प्रयोग गर्ने format को बारेमा निर्णय गर्ने हो.

हामीले प्रयोग गर्ने सबै प्रकारका डाटाहरु या गुगल अर्थ मा तयार हुन्छ . गुगल अर्थ भन्दा बाहिर तयार भएको डाटाहरु सजिलो बिधि प्रयोग गरि गुगल अर्थमा आउने बनाइन्छ. उदाहरणको लागि जी.पी.यस. प्रयोग गरि कुना तथ्यांक लियिएको छ र त्यसलाई गुगल अर्थ मा सिधै Download ( Machine to Machine) गरिन्छ भने जी.पी.यस. कुनै format मा सेट होस् फरक पर्दैन. हैन यदि जी.पि.यस.बाट कागजमा उतार गरि त्यसलाई गुगल अर्थमा ल्याउनु छ भने गुगल अर्थ ले सपोर्ट गर्ने Position Format मा कागजमा टिपोट गर्नु पर्छ . यदि हामीलाई यो थाहा छ कि कुनै Text file format (Excel etc) गुगल अर्थमा ल्याउनु छ र गुगल अर्थले geographical coordinate System मा भएको text file मात्र सपोर्ट गर्छ तब हामीले जी.पी.यस. बाट कागजमा उतार गर्दा यहि फर्म्याटमा उतार गर्छौ. यदि हामीले अन्य फर्म्याटमा उतार गरयौ भने र त्यसलाई गुगल अर्थ मा ल्याउने प्रयास गर्छौ भने अन्य फर्म्याट मा लिएको डाटालाई गुगल अर्थले सपोर्ट गर्ने फर्म्याटमा ल्याउनु पर्छ. यो कार्य अबस्य महँगो पर्न जान्छ.

19. जि.पि.स. बाट कागजमा डाटा उतार गर्ने फर्म्याट

जी.पी.यस.बाट कागजमा डाटा उतार गर्दा निम्न कुरामा ध्यान दिउ.
GPS को position Setting गर्दा GCS : wgs84 तथा position format hddd.ddddd मा सेट गरौ . यति गरेपछी Mark बटन थिच्दा N 27.1234, E 085.1234 फर्म्याटमा डाटा देखिन्छ. र यो डाटा लाई जी.पी.यस. बाट कागज मा उतार गरौ. कागजमा उतार गरेको डाटालाई Excel टाइप् गरि गुगल अर्थमा ल्याउने. यो बिधि सबै भन्दा सस्तो हुनेछ.